http://bit.ly/bajajdurbartimes

पानी बेचेरै एसियाका धनी बने शानशान


पानी बेचेरै एसियाका धनी बने शानशान

एजेन्सी | रिलायन्सका मालिक मुकेश अम्बानीलाई पछाडि पार्दै चीनको वाटर किङ भनेर चिनिने उद्योगपति झोंग शानशान एसियाको सबैभन्दा धनी व्यक्ति भएका छन् ।

यो वर्ष उनको कुल सम्पत्ति ७०.९ अबर डलरबाट बढेर ७७.८ अबर डलर पुगेको छ । उनले चीनका सबैभन्दा धनी व्यक्ति ज्याक मा र अलिबाबालाई पनि पछाडि पारेका छन् ।

६६ वर्षीय झोंगलाई चीनमा लोन वुल्फ अर्थात् ऋणी ब्वाँसोको रुपमा पनि चिनिन्छ । ब्लूमबर्ग बिलियनेयर्स सूचकका अनुसार सन् २०२० मा उनको सम्पत्ति बढेर ७७।८ अबर डलर पुगेको छ ।

शानशानले बोत्तलमा पानी बेच्छन् र कोरोनाको खोप बनाउने काममा पनि जुटिरहेका छन् । उनले आफ्नो जीवनकालमा पत्रकारिता, च्याउ खेती र स्वास्थ्य सेवा जस्ता क्षेत्रमा काम गरेका छन् ।

झोंगले चिनियाँ प्राविधिकहरुको ए समूहसँग सहकार्य गरेका छन्, जसमा मुकेश अम्बानी र ज्याक मा पनि सहभागी छन् ।

कोरोना महामारीका कारण संसारभरीकै अर्थतन्त्र डामाडोल भइरहेको छ भने अर्कोतिर झोंग शानशानको सम्पत्ति झन् तीव्ररुपमा बढेको देखिएको छ । उनी घाटामा जाने व्यावसायीहरुको हूलमा अपवाद बनेका छन् ।

1

पीएसजी शीर्ष स्थानमा,पोचिटिनो नेतृत्वको ७ खेल अपराजित

2

हिन्दी अन्तर्वार्ता

3

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुल्ला

4

डिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

5

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा

6

देशभर आजको मौसम यस्तो छ


Share Tweet Send