http://bit.ly/bajajdurbartimes

प्रचण्डसँग डेढ घण्टा भेटवार्ता गरेर निस्कियो चिनियाँ टोली


प्रचण्डसँग डेढ घण्टा भेटवार्ता गरेर निस्कियो चिनियाँ टोली

काठमाण्डौं | नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले करिब डेढ घण्टा भेटवार्ता गरेको छ।

सोमबार बिहान ८ बजेर ५३ मिनेटमा प्रचण्ड निवास खुमलटार प्रवेश गरेको चिनियाँ टोली १० बजेर २० मिनेट जाँदा बाहिरिएको छ।

भेटवार्ताको सुरुमै अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो।

सार्वजनिक कुनै जानकारी नदिइ राजनीतिक भेटघाट गरिरहेको टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र राती प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो।

आज सोमबार नै चिनियाँ टोलीले नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

1

के हाे नागरिक स्टक डिलर ? कसरी गर्छ काम ? शेयर बजारलाइ कसरी स्थिर बनाउँछ ?

2

विप्लवकाे बन्द, कहाँ के भयाे ?

3

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

4

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

5

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

6

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै


Share Tweet Send