नेपाल पत्रकार महासंघकाे नयाँ नेतृत्वका लागि आज देशैभरी मतदान हुँदैछ । केन्द्र , प्रदेश र जिल्लागत समितिका लागि देशैभर पत्रकारहरूमा छुट्टै राैनक रहेकाे पाइएकाे छ ।
पत्रकार महासंघकाे अध्यक्षमा ३ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्दैछन् । विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
देशभर १३ हजार १२२ पत्रकारहरूले मतदान गर्दैछन् । महासंघका पदाधिकारी एवं सदस्यहरुको निर्वाचनका लागि कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । ७७ जिल्लाका सम्बन्धित जिल्ला शाखाबाट मतदान हुनेछ । ४२ वटा प्रतिष्ठानका सदस्यले विभिन्न १९ स्थानबाट मतदान गर्नेछन् भने एसोसियटका सदस्यहरुले दशरथ रङ्गशालाको कभर्ड हलबाट मतदान हुनेछ ।