durbar-times

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश


मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश

काठमाडाैं | बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

अष्टलक्ष्मी शाक्यलाई वैकल्पिक मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपाका सांसदले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव दर्ता गरे लगत्तै बैठक माघ १९ सम्मका लागि स्थगित भएको छ।

नेकपाका ४५ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध सांसद अरुण नेपालले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। उक्त प्रस्ताव पेश भएसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठक माघ १९ सम्मका लागि स्थगित गरिदिएका छन्।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send