पलसँग ठूलो पर्दामा रोमान्स गर्ने सुपुष्पाको चाहाना


पलसँग ठूलो पर्दामा रोमान्स गर्ने सुपुष्पाको चाहाना

'छ माया छपक्कै र रणवीर'मा अभिनय गरेकी नायिका सुपुष्पा भट्टले नायक पल शाहसँग चलचित्रमा काम गर्न मन भएको बाताएकी छिन् । उनको पलसँग अभिनय गरेको एक गीतको म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ ।

लकडाउनले गरेर काम नपाएकी उनिलाई अब भने अफर आउन थालेको बताउँछिन् । लामो ग्याप पछी काममा फर्किन उत्सुक र आतुर भएको सुपुष्पा बताउँछिन् ।

उनले अभिनय गरेको अर्को चलचित्र ‘चपली हाइट ३’ लकडाउनका कारण प्रदर्शन रोकिएको थियो । चलचित्र रिलिजको प्रतिक्षामा सुपुष्पा छिन् । उनको कामलाई पनि दर्शकहरुले रुचाएका छन् ।

नायक पल शाहसँगको गीतको भिडियो सार्वजनिक भए सँगै उनले ठुलो पर्दामा पनि काम गर्न मन भएको बताएकी छिन् । म्युजिक भिडीयोमा  पलसँग रोमान्स गरे पछी ठूलो पर्दामा पनि पलसँग रोमान्स गर्ने चाहना भएको बताएकी छिन् तर, जोडीको बारेमा दर्शकको प्रतिक्रिया र चाहाना महत्वपूर्ण हुने उनी बताउँछिन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...