एजेन्सी । फुटबलका जीवित भगवान मानिने पेलेले अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाको निधनप्रति दुख व्यक्त गरेका छन् ।
विश्वकप विजेता अर्जेन्टिनाका कप्तान म्यारोडोनाको बुधबार हृदयघातको कारण ६० वर्षको उमेरमा निधन भएको थियो । म्यारोडोनाको निधनपछि सामाजिक संजाल ट्वीटरबाट पेलेले श्रदान्जली व्यक्त गरेका छन् ।
यो पनि: 'ह्याण्ड अफ गड' फूटबल स्टार डिएगो म्यारडोना रहेनन्
८० वर्षीय पेलेले आफुले महान साथी गुमाएको समेत बताएका छन् । यस्तै उनले आफुहरुले एक दिन आकाशमा फुटबल खेल्ने समेत बताएका छन् ।
'कस्तो दुखद समाचार । मैले एक महान साथी गुमाए । विश्वले लिजेण्ड गुमाएको छ । धेरै कुरा भन्न बाँकी छ तर भगवानले उनको परिवारलाई बल दिउन,' पेलेले लेखेका छन्, 'एक दिन, म आशा गर्दछु कि हामी आकाशमा बल खेल्ने छौँ ।'
दुई साता अघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् ।
म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । मेक्सिकोमा भएको विश्वकपको फाइनलमा वेस्ट जर्मनीलाई ३-२ ले हराएको अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।
त्यस समय म्यारोडोना टिमका कप्तान रहेका थिए । अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए । उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।
सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।म्यारोडोनाले बार्सिलोना, नापोली र सेभिया जस्ता युरोपका ठुला क्लबबाट खेलेका थिए ।
Que notícia triste. Eu perdi um grande amigo e o mundo perdeu uma lenda. Ainda há muito a ser dito, mas por agora, que Deus dê força para os familiares. Um dia, eu espero que possamos jogar bola juntos no céu. pic.twitter.com/6Li76HTikA
— Pelé (@Pele) November 25, 2020