durbar-times

चट्याङमा लागेर एक जनाको मृत्यु,आठ घाइते


चट्याङमा लागेर एक जनाको मृत्यु,आठ घाइते

गुल्मीकाे मुसिकोट नगरपालिका–४ मा चट्याङमा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । शुक्रबार बिहान ८ बजे परेको चट्याङमा परी मुसिकोट नगरपालिका–४ की १८ वर्षीय करिष्मा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा आठ जना घाइते भएका छन् । घाईतेको जिल्ला अस्पताल तमघासमा उपचार भैरहेको जनाइएको छ। घाइते हुनेमा सोही ठाउँका ६३ वर्षीय उजिरसिंह गाहा, ६२ वर्षीय तथीकला गाहा, ३७ वर्षीय तुलबहादुर गाहा, ३२ वर्षीय जुनी गाहा, १४ वर्षीय मेलिना गाहा, ८ वर्षीय जोनित गाहा, ३३ वर्षीय चित्रबहादुर गाहा, २८ वर्षीय ज्योतीकला घर्ती गाहा रहेका छन् ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send