काठमाडौं, पुस १९ : पेस्तोल देखाएर कोटेश्वर चोकमा लुटपाटको प्रयास गरिएको छ।
आज बिहान ६ः३० बजे काठमाडौंको कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा एक युवकलाई पस्तोल देखाएर लुटपाट गर्न खोजिएको हो।
उनीसँग मोबाइल मागेको थियो। उनले प्रतिवाद गरेपछि पेस्तोल झरेको थियो। त्यसपछि ति व्यक्ति भागेको प्रहरीले जनाएको छ।