काठमाडौँ । मानिसहरू आफ्नो शोक र इच्छा पूरा गर्नका लागी विभिन्न प्रकारका घरपालुवा या वनपालुवा जनावरहरू पाल्ने गर्दछन् । तर घरमा पछुपन्छिहरु पाल्नु अगाडि यो पनि जान्न जरुरी पनि छ कि ती जनावरहरू पाल्दा घरमा शुभ हुन्छ कि हुँदैन । जहाँ कुनै पनि जनावरहरू पाल्दा घरमा आर्थिक सङ्कट र कलह आउँछ । भने त्यहि कुनै पनि जनावरहरू पाल्दा सुख शान्ति र खुसी छाउँछ ।
तीनै मध्ये यहाँ जानौँ कुन जनावर पाल्दा घरमा खुसी मिल्दछ ।
कुकुर : कुकुरलाई हिन्दु धर्ममा भैरवको सेवक मानिन्छ । धार्मिक मान्यताहरूको अनुसार घरमा कुकुर पाल्नाले खुसी र सम्वृद्धि मिल्ने गर्दछ । साथै उसको घरमा धन समेत प्राप्त हुने गर्दछ ।
पीतलको भ्यागुता : प्राय मानिसहरूले भ्यागुता पाल्नु फोहोरी हुन्छ भन्छन्,। तर धार्मिक विश्लेषकहरूका अनुसार पीतलको भ्यागुता पाल्नाले घरको बिरामी टाढा भाग्छ ।
सुगा : ज्योतिष शास्त्रका अनुसार घरमा सुगा पाल्नाले घरमा आउने चिन्ताहरूबाट पनि मुक्त हुन सकिन्छ । किनकि सुगाले समस्यालाई पहिलै महसुस गर्दछन् ।
घोडा : वास्तु शास्त्रमा घोडालाई ऐश्वर्यको प्रतीक मानिएको छ । वास्तु शास्त्रका अनुसार घरमा घोडा वा घोडाको बच्चा राख्नु शुभ हुन्छ। कछुवा कछुवालाई भगवान् विष्णुको दसौँ अवतार र आमा लक्ष्मीको प्रतिनिधि मानिन्छ। त्यसैले घरमा कछुवालाई राखेमा वैभव प्राप्त हुने विश्वास गरिन्छ । खरायो वास्तुका अनुसार घरमा खरायो राख्नुले घरको समृद्धि ल्याउँछ। वास्तु शास्त्रमा खरायोलाई घरका बच्चाहरूको लागि पनि शुभ मानिन्छ।
माछा : घरमा सुनौलो माछा रानाले शान्ति मिल्छ भन्ने विश्वास राखिन्छ ।
यसलाई राख्नुस् घरभन्दा टाढा
ढुकुर : जहाँ ढुकुरलाई शिव-पार्वतीको प्रतीक मानिन्छ । तर वास्तु शास्त्रमा, घरमा ढुकुर राख्नु भनेको अशुभ मानिन्छ। तसर्थ, घरमा ढुकुर राख्न हुँदैन भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।