वर्ल्ड निमोनिया डे: लक्षण, कारण,कसलाई बढी खतरा र कसरी बच्ने जानिराखौँ


वर्ल्ड निमोनिया डे: लक्षण, कारण,कसलाई बढी खतरा र कसरी बच्ने जानिराखौँ

एजेन्सी | १२ नोभेम्बरमा संसारभरी वर्ल्ड निमोनिया डे मनाइन्छ । यो दिन मनाउनुको मुख्य उद्देश्य भनेको निमोनिया रोगप्रति जागरुक गर्नु । निमोनियामा फोक्सो संक्रमित हुन्छ ।

निमोनिया हुँदा वायुकोषमा तरल पदार्थ वा पिप भरिन्छ जसका कारण खोकी लाग्ने, ज्वरो आउने, चिसो लाग्ने र सास फेर्न समस्या हुनेजस्ता समस्या देखिन्छ । ब्याक्टेरिया, भाइरस र विभिन्न प्रकारका सूक्ष्मजीव निमोनियाको कारण बन्न सक्छ ।

निमोनिया नवजात, साना बालबालिका, ६५ वर्षभन्दा माथिका व्यक्तिहरुलाई र कमजोर प्रतिरोधी क्षमता भएका वा पहिले नै कुनै रोगसँग जुधिरहेका व्यक्तिलाई सजिलै लाग्छ । यदि समय हुँदा नै बिरामीको उपचार नगरे यसले ज्यान पनि लिनसक्छ ।

निमोनियाका लक्षण हल्कादेखि गम्भीरसम्म हुनसक्छ । कुन व्यक्तिको उमेर कति छ, उसको शरीरमा संक्रमण कति भित्रसम्म प्रवेश गरेको छ, यसैको आधारमा लक्षण निर्भर हुन्छ । सामान्यतया यो लक्षण फ्लूजस्तै हुन्छ तर यो शरीरमा निकै लामो समय रहन्छ ।

निमोनियाका लक्षणः

निमोनिया हुँदा सास फेर्दा वा खोक्दा छाती दुख्छ । ६५ वर्ष माथिका व्यक्तिमा भ्रमको स्थिती आउन सक्छ । खकारसहित खोकी, थकान, ज्वरो, पसिना र चिसो लाग्नु, यी सबै निमोनियाका लक्षण हुन् । यसमा कमजोर प्रतिरोधी क्षमता भएकाहरुले शरीरको तापक्रम सामान्यभन्दा कम हुन थाल्छ ।

यसका साथै बिरामीलाई बान्ता हुने वा सास फेर्न कठिनाई हुनेजस्ता लक्षण पनि देखिन्छन् । नवजात शिशुमा निमोनियाको संक्रमणको लक्षण चाँडै देखिँदैन । साधारणतया बच्चालाई निमोनिया हुँदा उसलाई थकाई लागेको देख्न सकिन्छ भने ज्वरो पनि आउँछ । साथै, बालबालिकाले खानामा फिटिक्कै मन लगाउँदैनन् ।

चिसो मौसम सुरु हुँदै गर्दा भाइरस झनै फैलिने, बच्न दिनहुँ सफा गर्नुपर्ने ३ चीज
एजेन्सी – यतिबेला विश्व नै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट गुज्रिरहेको छ । कोरोनाको संक्रमणबाट बच्न निकै मुश्किल समेत भइसकेको छ । व्यक्तिगत रुपमा नै सुरक्षित नहुने हो भने यो भाइरसले जो कोहिलाई पनि सजिल्यै संक्रमित बनाउने गर्छ । यस भाइरसले घर वरिपरी सरसफाई गर्न, घरका हरेक कुनालाई किटाणुरहित बना…

निमोनियाका कारणः

थुप्रै किटाणु निमोनियाको कारण बन्नसक्छ । यसमा सबैभन्दा साधारण ती ब्याक्टेरिया हुन्छन् जुन हामीले सास फेर्दा शरीरभित्र प्रवेश गर्छन् । हाम्रो शरीरले साधारणतया यी किटाणुले फोक्सोलाई संक्रमण गर्न रोक्छ तर कहिलेकाँही यी किटाणु यति बलियो हुन्छन् कि यी हाम्रो प्रतिरोधी प्रणालीमा हावी हुन्छन् र शरीरलाई संक्रमित गरिदिन्छन् ।

कसलाई बढी छ खतरा ?

निमोनियाको खतरा सबैभन्दा धेरै ६५ वर्ष माथि उमेर समूह, २ वर्षभन्दा कमका बालबालिका, पहिला देखि नै रोगी र कमजोर प्रतिरोधी प्रणाली भएका व्यक्तिहरुलाई, मुटु र फोक्सोका बिरामीलाई अत्यधिक हुन्छ ।

निमोनियाले जो सुकैलाई पनि संक्रमित गर्नसक्छ । वृद्ध र बालबालिकाबाहेक अस्पतालमा भर्ना भएका मानिसहरुलाई पनि यसले संक्रमित गर्न सक्छ । विशेषगरी ती मानिसहरु जो आइसीयूमा छन् र वा भेन्टिलेटर मेसिनमार्फत् सास फेरिरहेका छन् । यदि तपाईंलाई दम वा मुटु सम्बन्धि रोग छ भने तपाईंलाई निमोनियाको सम्भावना बढी हुनसक्छ ।

धुम्रपान गर्नेहरुमा पनि निमोनियाको खतरा बढी हुन्छ । धुम्रपानले शरीरको ब्याक्टेरिया वा भाइरसविरुद्ध प्राकृतिक सुरक्षालाई क्षती पुर्याउँछ जसका कारण निमोनिया हुने गर्छ । जसलाई एड्स छ, जसको अंग प्रत्यारोपण भएको छ वा जसको किमोथेरापी चलिरहेको छ, उनीहरुमा पनि निमोनियाको खतरा बढ्छ ।

निमोनियाको ब्याक्टेरिया जब रगतमार्फत् फोक्सोमा पुग्छ, यसले शरीरका अन्य अंगलाई पनि संक्रमित गरिदिन्छ । यसको कारण अंगले काम गर्न बन्द गर्न सक्छ । गम्भीर हुँदा तपाईंलाई सास फेर्न पनि समस्या हुनसक्छ र तपाईंलाई अस्पतालमा भर्ना गर्नुपर्ने स्थिती निम्तिन सक्छ ।

कहिले गर्ने डाक्टरलाई सम्पर्क ?

यदि तपाईंलाई सास फेर्न समस्या भइरहेको छ, छाती दुख्छ, ज्वरो १०२ फरेनहाइटभन्दा माथि छ, लगातार खोकी लागिरहन्छ भने डाक्टरसँग तुरुन्त सम्पर्क गर्नुहोस् । सामान्य अवस्थामा यसलाई एन्टिबोयोटिक औषधीले निको पार्न सकिन्छ तर गम्भीर स्थितीमा बिरामीलाई भेन्टिलेटरमा नै राख्नुपर्ने स्थिती हुनसक्छ र कहिलेकाँही संक्रमणबाट बाहिर निस्कनका लागि शल्यक्रिया पनि गर्नुपर्ने स्थिती निम्तिन सक्छ ।

कसरी बच्ने ?

निमोनिया र फ्लूबाट बच्नका लागि केही भ्याक्सिन उपलब्ध छ । आफ्नो डाक्टरसँग कुरा गरेर यो लगाउन सक्नुहुन्छ, विशेषगरी बालबालिकालाई निमोनियाको खोप लगाउन नबिर्सनुहोस्, सर–सफाईमा पूरा ध्यान दिनुहोस् । आफ्नो हात बारम्बार धोइरहनु होस् र स्यानिटाइजरको प्रयोग गर्नुहोस् । धुम्रपान नगर्नुहोस्, यसले तपाईंको फोक्सोलाई खराब गर्छ । यसबाहेक प्रतिरोधी क्षमतालाई बलियो बनाउनुहोस्, पर्याप्त निदाउनुहोस्, नियमित व्यायाम गर्नुहोस् र स्वस्थ आहार लिनुहोस् ।

वाटर थेरापी : बिहान खाली पेट पानी पिउनुका ९ फाइदा
पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ । यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो । खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो। प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पान…
निद्रामा झस्कने समस्या छ ? (जानिराखौँ बच्ने उपाए)
निद्रामा झस्किने समस्या के कारणले आउँछ भन्ने कुनै वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन। धेरैमा यो समस्या मनोसामाजिक तथा मानसिक तनावका कारण हुने हुने गर्छ। यस्तो अवस्थामा निद्रा राम्रोसँग नपर्ने, पातलो निद्रा पर्ने, नराम्रो सपना देखिने हुन्छ। कहिलेकाहीं शारीरिक समस्याका कारण पनि निद्रामा झस्कने …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...