नेपालमा मात्र हैन विश्व चलचित्र बजारमा नै चलचित्र पाइरेसीकाे समस्या समाधान हुन सकिरहेकाे छैन । त्यसमाथी नेपालमा त नियमन र कारबाहीकाे दायरा मेलमिलापमा गएर टुङ्गिने हुनाले पनि याे क्रम निरन्तर चलिरहेकाे छ ।
निर्माताकाे पैसा र निर्देशकका साथै कलाकारहरूकाे अथक मेहेनतलाइ बेवास्ता गर्दै चलचित्रलाइ अवैधानिक तरिकाले सार्वजनिक गरिरहँदा निर्माता तथा निर्देशकहरू अन्यायमा परिरहेका छन् ।
पछिल्लाे समय नेपाली चलचित्र घामड शेरे र आमा लगायतका अन्य चलचित्रहरू डिजिटल प्ल्याटफर्ममा आउनु अगाडी नै छ्याप्छ्याप्ति भैरहेका छन् ।
म्यासेजिङ प्ल्याटफर्म टेलिग्रामकाे सहायतामा चलचित्रहरू आदानप्रदान भैरहेकाे देख्न सकिन्छ । यस्ताे लाग्छ कि नेपालि चलचित्र पाइरेसी गर्नेहरूकाे गिराेह नै टेलिग्राममा सक्रिय भैरहेकाे छ । नेपाली चलचित्रकाे च्यानल नै बनाएर चलचित्रहरू आदान प्रदान गरिरहेकाे पाइन्छ ।
टेलिग्रामकाे नेपाली न्यु मुभि नामक च्यानलमार्फत घामड शेरे चलचित्र शेयर भैरहेकाे छ ।



यदाकदा युट्युबमा नै पाइरेसी भैरहेकाे नेपाली चलचित्रमा सजिलै ट्रयाक हुन थालेपछि गिराेह टेलिग्रामतर्फ आकर्षित हुन थालेकाे पाइन्छ । साइबर सुरक्षाका दृष्टिकाेणले सुरक्षित र ठूलाे मात्राकाे डाटा पनि टेलिग्राममार्फत सहजै ट्रान्सफर हुने भएकाले पनि याे माध्यम अपनाएकाे पाइन्छ ।
विश्व चलचित्र बजारकाे ५२ बिलियन अमेरिकन डलर बराबरकाे मूल्य विभिन्न पाइरेसीका माध्यमबाट खेर गैरहेकाे रिपाेर्ट डिजिटल टिभि रिसर्चले देखाएकाे छ ।
फिल्म पाइरेसि गर्नु कानूनी अपराध हाे । प्रतिलिपि अधिकार संरक्षण एैन २०५९ अनुसार अनधिकृत प्रसारण गर्नु गैरकानूनी मानिन्छ ।

के हाे टेलिग्राम?
टेलिग्राम एक म्यासेजिङ प्ल्याटफर्म हाे । यसमा व्यक्तिगत तथा सामूहिक समूह बनाएर पनि च्याट गर्न सकिन्छ । अन्य भन्दा याे प्ल्याटफर्ममा ठूला डाटाहरू ( २ जिबीसम्म ) ट्रान्सफर गर्न सकिने भएकाले पनि याे चलचित्र शेयरकाे माध्यम बन्ने गरेकाे छ ।
डाटा सेक्युरिटि र एण्ड टु एण्ड इन्क्रीप्ट फिचरले गर्दा पनि याे सर्वसाधारणमा लाेकप्रिय बन्दै गैरहेकाे छ ।
सन् २०१३ मा लन्च भएकाे टेलिग्राम एप्लिकेशन सन् २०२० काे सबैभन्दा धेरै डाउनलाेड गरिएका एप्लिकेशनकाे लिस्टमा ८ नम्बरमा पर्छ । ५०० मिलियन भन्दा धेरैपटक डाउनलाेड भैसकेकाे डाटाबाट पनि यसकाे लाेकप्रियता मापन गर्न सकिन्छ ।