durbar-times

फिल्म फ्लप भएपनि हिट भएका नायिकाहरू


फिल्म फ्लप भएपनि हिट भएका नायिकाहरू

चलचित्रको सफलतासँग कलाकारको सफलता पनि जोडिएको हुन्छ । तर चलचित्रकाे असफलताले मात्र कलाकारकाे कलाकारितामा पूर्णविराम भने लाग्दैन। नेपालमा पनि यस्तै देखिएकाे छ ।नेपालका नायिकाहरू चलचित्र असफल रहेपनि आफू कहिल्यै असफल रहेनन् । याे पङ्तिमा रहेका नायिकाहरूकाे बारेमा हामी चर्चा गर्न गैरहेका छाैँ ।

केकी अधिकारी

चकलेटी नायिकाकाे रूपमा नेपाली चलचित्र क्षेत्रमा नाम कमाएकी नायिका हुन् केकी अधिकारी । निर्देशक बद्री अधिकारीकी छाेरी केकी चलचित्र क्षेत्रमा आफ्नै मेहेनतले याे ठाउँमा आइपुगेकी छिन्।

गतबर्ष रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ सहित नायिका केकीले २५ चलचित्रमा काम गरिसकेकि छन् । यीमध्ये ‘छ माया छपक्कै’ उनको पहिलो सुपरहिट चलचित्र मानिएको छ तर यसमा पनि ‘छक्का पन्जा' टिमको नाम जाेडिएकाे पाइन्छ । तर पनि उनको अभिनयकाे भने सर्वत्र तारिफ भएकाे छ ।

केकीले अभिनय गरेका अधिकांश चलचित्र बक्स अफिसमा फ्लप भएपनि उनकाे हात भने कहिल्यै खाली भएन। उनकाे सशक्त अभिनयकाे कारण चलचित्र बजारमा उनकाे माग आजपनि उत्तिकै रहेकाे छ ।

ऋचा शर्मा
राम्राे अभिनय  भएपनि सफलता हात पार्न असफल नायिकाकाे लिस्टमा रिचा शर्माकाे नाम अग्रस्थानमा नै आउने गर्छ । टलकजंग भर्सेस टुल्के , लुटजस्ता सफल चलचित्रमा अभिनय गरेकी भएपनि उक्त अभिनयकाे वास्तविक सम्मान भने भएकाे पाइँदैन ।

बाह्य ब्यानरमा अभिनय गरेर पर्याप्त चर्चा कमाउन नसकेपछि उनले आँफैले निर्माण गरेकाे चलचित्र आधा लभमा काम गरिन । तर त्याे चलचित्र झनै नमज्जाले चिप्लियाे । हाल उनि टेलिभिजन रियालिटि शाे कमेडी च्याम्पियनकाे जजकाे भूमिकामा रहेकि छिन् । त्यहाँबाट उनले प्रशस्त चर्चापनि कमाइरहेकी छिन् ।

शिल्पा पोखरेल

नायिका शिल्पा पोखरेल पूर्ण राईको ‘हल्का हल्का’ बोलको म्युजिक भिडियोबाट मोडलिङमा छिरेकी हुन् ।उनले सन् २०१५ मा आएको चलचित्र ‘लज्जा’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी थिइन् । उनले ‘किस्मत २’, ‘वीराङना’,‘भिलेन’लगायतका दर्जनौ चलचित्रमा बक्स अफिसमा असफल भएका छन् भने उनी फिल्मीसंगै उनले दुई सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन ।

चलचित्र असफल भएपनि उनी दर्शकमाझ भने चर्चामा नै रहिरहिन् । छवि ओझासँग विवाह गर्दा हाेस या डिभाेर्स गर्दा हाेस उनकाे चर्चा भइरह्याे । हाल भने उनका कुने चलचित्र आएका छैनन् ।

निता ढुङ्गाना

सन् २०११ मा नेपाली चलचित्र बजारमा प्रवेश गरेकी नायिका नीता ढुङ्गाना चर्चित नायिकाकाे सूचीमा नाम लेखाउन सफल नायिका हुन् । उनकाे नाेटबुक चलचित्र सफल नभएपनि चर्चित भएकाे थियाे । त्यस्तै उनले अभिनय गरेका अधिकांश चलचित्र चर्चित नै रहेका छन् तर हिट हुन भने सकेका छैनन् । तर नीताकाे हात भने खाली भएकाे छैन । उनी लगातार एक पछि अर्काे चलचित्रमा देखिन थालेकी छिन् । चलचित्रकाे नायिकाकाे पात्रमा मात्र सिमित नभएर उनी आइटम नम्बरमा समेत आफूलाइ उभ्याउन थालेकी छिन् ।



1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send