नेपालमा हाल माेबाइलबाट नै लाेन लिन सकिने सेवा सुरू भएकाे छ । समयकाे बचत र बिना धिताे लाेन पाउने भएपछि उपभाेक्ता पनि यसमा सहजै आकर्षित हुने भएकाले याे सेवा सुरू गरिएकाे हाे ।
सबैभन्दा पहिले नबिल बैंकले सुरू गरेकाे याे सेवा हाल लक्ष्मी बैंक र कुमारी बैैंकले पनि सुरू गरेका छन् ।
बैंकमा नियमित काराेबार गरेका र क्रेडिट हिस्ट्री राम्राे रहेकाे ग्राहकहरूलाइ यस्ताे सुविधा प्रदान गरिन्छ । ऋण लिन इच्छुक ग्राहकहरूले कुनै कागजी प्रकृया बिना नै माेबाइल बैंकिङ्गमार्फत नै ऋण लिन सक्छन् ।
यसरी माेबाइल बैंकिङ्गमार्फत निवेदन दिएकाे केही मिनेटभित्रै खातामा पैसा जम्मा हुन्छ ।