प्रधानमन्त्री कप क्रिकेट प्रतियाेगितामा शनिबार पनि दुइ खेल हुँदैछ। पहिलाे खेलमा एपिएफ र कर्णाली प्रदेशबीचकाे खेल सुरू भइसकेकाे छ भने दाेश्राे खेल लुम्बिनी र सुदूपश्चिम प्रदेशबीचकाे खेल पनि सुरू भइसकेकाे छ ।
पहिलाे खेलमा एपिएफले टस जितेर ब्याटिङ गर्दै छ भने दाेश्राे खेलमा सुदूरपश्चिम टस हारेर ब्याटिङ गरिरहेकाे छ।
एपिएफले आज ३ खेलाडिलाइ आराम दिएकाे छ । आसिफ शेख, प्रदीप ऐरी र अभिनाश बोहरा आज खेलेका छैनन् ।
लुम्बिनीसग पराजित भएमा सुदूरपश्चिम समूहको अन्तिम खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिनेछ भने कर्णालीले सेमिफाइनल सम्भावना कायमै राख्न एपीएफलाई पराजित गर्नुपर्नेछ । अनी अन्तिम खेलमा एपीएफ आर्मीसँग पनि फराकिलो अन्तरले हार्नुपर्नेछ । तर एपीएफलाई हराउनु कर्णालीको लागि ठूलो चुनौती छ ।