पुरुष प्रधानमन्त्री कप (पिएम कप) को चौथो संस्करणको छैटौं दिन आज दुई खेल रहेका छन्।
प्रतियोगितामा आज नेपाल प्रहरी र सुदुरपश्चिम् प्रदेश बिच एक तथा त्रिभुवन आर्मी र प्रदेश नम्बर एक बिच अर्को खेल रहेको छ।
समुह ‘बि’ अन्तर्गत रहेको प्रहरी र सुदुरपश्चिम् बिचको खेल बिहानको ९:०० बजेबाट किर्तिपुरस्थित टि.यु खेलमैदानमा हुनेछ।
यस्अघि यी दुबै टिमले आफ्नो पहिलो खेलमा हार बेहोरेका थिए। त्यसैले आज दुबै टिम जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्षका साथ मैदान प्रवेश गर्नेछन्।
यस्तै आर्मी र प्रदेश नम्बर एक बिच रहेको अर्को खेल पनि बिहानको ९:०० बजेबाट मुलपानीस्थित मुलपानी खेलमैदानमा हुनेछ।
आजको खेलमा जित निकाले आर्मीको यस् समुहबाट सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो बन्नेछ। यता प्रदेश एकलाई भने सेमिफाइनलको झिनो सम्भावनालाई जोगाइराख्न यस् खेलमा राम्रो रन रेटले जित्नैपर्ने दबाब रहेको छ।