चोट बोकेका पिके ६ महिना बढी मैदान बाहिर रहन सक्ने


चोट बोकेका पिके ६ महिना बढी मैदान बाहिर रहन सक्ने

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके ६ महिना बढी मैदान बाहिर रहन सक्ने भएका छन् ।

ला लिगा अन्तर्गत शनिबार राति एट्लेटिको मड्रिडविरुद्धको खेलमा चोट बोकेका पिके लामो समय मैदान बाहिर रहने देखिएको हो । एट्लेटिकोको मैदानमा पिकेले दोस्रो हाफमा चोट बोकेका थिए । उनले दाहिने घुँडाको गम्भीर चोट बोकेको बताईएको छ ।

यो पनि: बार्सिलोनाको असफलता बोक्दा-बोक्दा वाक्क भइसकेँ : मेस्सी

एट्लेटिकोका एन्जल कोरेया पिकेको खुट्टामाथि लड्न पुग्दा पिकेले चोट बोकेका हुन् । उनी ६२ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

रियल मड्रिड बराबरीमा रोकिँदा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ भने एट्लेटिको मड्रिडले बार्सिलोनालाई हराएको छ । शनिबार राति भएको खेलमा रियल भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको हो । भिल्लाको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले बराबरीमा चित्त बुझाएको हो । रियलले ८ खेलमा…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...