durbar-times

प्रधानमन्त्रीले बोलाए एमाले स्थायी कमिटीको आकस्मीक बैठक


प्रधानमन्त्रीले बोलाए एमाले स्थायी कमिटीको आकस्मीक बैठक

सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो २ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहसँग भएको वार्ताबारे कार्यदलका संयोजक सुवास नेम्बाङले ब्रिफिङ गर्ने भएका छन् । कार्यदलको हिजो बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभा उपनिर्वाचनमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गरेको असहयोगबारे पनि छलफल हुने एजेन्डा छ।

एमालेलाई एक बनाउन वार्ता भइरहेका बेला सूर्य चिन्हबाहक बादललाई साथ नदिइ नेता नेपालले कलम चिन्ह लिएका स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई जिताउन लागेपछि फेरि समस्या बल्झिएको अनुमान गरिएको छ ।

नेता नेपालले कांग्रेस-माओवादीको साथमा उम्मेदवार बनेका देवकोटालाई साथ दिएपछि एमालेभित्रको गतिरोध फेरि बढ्ने अनुमान गरिएको छ । ओली बादललाई जसरी पनि जिताउने पक्षमा छन् भने नेपाल हराउने अभियानमा लागेका छन् ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send