Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ लाई


प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ लाई

काठमाडौं | प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ । आईतबार भएको फाईनलमा एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको हो ।

१ सय ६ रनको लक्ष्य पछ्याएको एपीएफले ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । ३२ रन बनाउन एपीएफले ५ विकेट गुमाएर खराब सुरुवात गरेको थियो ।

ओपनर ज्योती पाण्डेले १४ रन बनाएको ईनिङ्समा राजमती ऐरी शुन्य रनमा आउट भईन् । इन्दु वर्माले ७, सरिता मगरले ६ रन बनाईन् ।

ममता चौधरी र करुणा भण्डारीले छैटौ विकटका लागि ६४ रनको योगदान गर्दै एपीएफलाई जितको नजिक पुर्याएका थिए । तर अन्तिम ओभरमा सम्हालिन नसक्दा एपीएफ पराजित बन्यो ।

प्रदेश १ की रुविना क्षेत्री र अलिसा खनियाँले समान २ विकेट लिए । संगिता राईको नाममा एक विकेट रह्यो । यसअघि, दाङ्गको लमहीमा प्रदेश नम्बर १ ले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो ।

निर्धारित ओभर खेल्दै प्रदेश १ ले ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । ओपनर अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाएको ईनिङ्समा काजोल श्रेष्ठले २९ रन बनाईन् । कप्तान रुविना क्षेत्रीले १८ रन बनाईन् ।यस्तै, रोमा थापाले ३, निशा शाहले ५ तथा संगिता राई २ रनमा अविजित रहिन् ।

एपीएफकी सिता राना मगरले सर्वाधिक ३ विकेट लिईन् । करुणा भण्डारीले १ विकेट हात पारेकी थिईन् ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send