काठमाडौं | राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक सन्तुलन गुमेको भन्न मिल्छ कि मिल्दैन भनेर टिप्पणी गरेका छन् । उनले तानसाहीको भरमा हिँडदा राष्ट्रपति विवादित भएको र प्रधानमन्त्री को हो यो मुलुकको ? प्रधानमन्त्री ओली हिटलर हो ? भनेर पनि प्रस्न गरेका छन् ।
बिहीवार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान विपरित गएर संसद विघटन गरेकोप्रति आपत्ती जनाउँदै त्यस्तो बताएका हुन् ।
प्रधानमन्त्री हुन योग्यता चाहिने भन्दै रायमाझीले संविधानको नियम विपरित कामकारबाही गरेर मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमेको भन्न मिल्छ कि मिल्दैन भनेका हुन् ।
त्यस्तै प्रधानमन्त्रीले हरेक क्रियाकलापमा राष्ट्रपतिलाई समावेश गरेको भन्दै आपत्ती जनाएका छन् ।
नेकपाले भ्रष्ट्राचारी नेतालाई जोगाउन लाग्दा नेकपा दुर्घटनामा परेको बताए । प्रधानमन्त्री ओलीले संविधान नै नपढी असंवैधानीक कदम गरेको भन्दै संविधान पढ्न समेत सुझाव दिएका छन् ।