durbar-times

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप


प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका छन् ।

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर कोभिशिल्ड लगाएका हुन्। यस्तै आजै गृहमन्त्री रामबहादुर थापाले पनि खोप लगाएका छन् ।

उनले खोप लगाउने बेला सञ्चारकर्मीलाई फोटो लिन भने निषेध गरिएको थियो। ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु भएको छ ।

यस अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ। दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send