काठमाडौ । प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता होईन चुनाब चाहियो भन्दै मञ्चबाट नारा लगाएका छन् । तीन पटक स्टेज बाटै नारा लगाउनु भएका प्रधानमन्त्री ओलीले सिङ्गो काठमाडौले सुन्ने गरी नारा लगाउन आग्रह गरे ।
ओली नेतृत्वको (नेकपा) ले आज काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा उनले यस्तो नारा लगाएका हुन् ।
मुलुक निर्वाचनतर्फ गएको ओलीको दाबी छ । निर्वाचनमा जाँदा देश कसरी संकट पर्छ ? भन्दै उनले प्रश्न गरेका थिए । आफूलाई पार्टीभित्रबाटै काम गर्न नदिइएपछि जनादेशमा जाने निर्णय गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
अदालत र निर्बाचन आयोगलाई अरुले जस्तो धम्कि नदिने भन्दै ओलीले देश चुनाबमा गयो गयो अब चुनाबले फैसला गर्ने उनले बताए ।
प्रचण्ड नेपाल समुह निर्बाचन आयोगमा गएर निर्बाचन रोक्न धम्कि दिएको भन्दै ओलीले निर्बाचन नहुदा मात्र देश संकटमा पर्ने बताए ।