काठमाडौं । अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालमा उपस्थित हुने भएका छन् ।
बिहीवार (आज) सर्वौच्चमा प्रधानमन्त्री ओलीविरुद्ध परेको अवहेलना मुद्दाको जवाफ बुझाउन सर्वोच्च जान लागेका हुन् । प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै माघ १३ गते मुद्दा दर्ता भएको हो ।
आज ११ बजे प्रधानमन्त्री ओली आफैं सर्वोच्चमा उपस्थित भएर लिखित जवाफ पेस गर्ने तय भएको छ ।