https://ntc.net.np/

माघ २३ गते प्रधानमन्त्री ओलीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सक्छन्: सुरेन्द्र पाण्डे


माघ २३ गते प्रधानमन्त्री ओलीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सक्छन्: सुरेन्द्र पाण्डे

काठमाडौँ |  नेकपा दाहाल नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सक्ने बताएका छन् ।  

माइतीघरमा प्रतिनिधि सभा विघटनविरुद्ध धर्ना बस्‍न पुगेका नेता पाण्डेले ओलीले कम्युनिष्ट आन्दोलनलाई छोडेर मठाधीश बनेर धर्मको कुरा गर्ने बताएका हुन् ।  

माघ २३ गते नेकपा ओली समूहले काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।

‘२३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्‍ने चर्चा चल्दैछ । ओली यो बाटोमा लाग्न सक्छन्’ उनले भने, ‘अब ओली कम्युनिष्ट आन्दोलन अगाडि बढाउन होइन, नयाँ मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्टा गरिरहेका छन् ।’

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send