प्रधानमन्त्री ओली किमाथाङ्कामा,विभिन्न आयोजनाको अवलोकन गर्दै


प्रधानमन्त्री ओली किमाथाङ्कामा,विभिन्न आयोजनाको अवलोकन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभा जिल्लाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का पुगेका छन् । बुधवार(आज) बिहान प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापा सहित सुरक्षा निकायका प्रमुख र केही उच्च सरकारी अधिकारी सहित त्यहाँ पुगेका हुन् ।

ओलीले उत्तरी नाका किमाथाङ्कामा स्थापना गरिएको  सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणधीन भवन, भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको अवलोकन गर्दैछन् ।

ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम रहेको सांसद् गौतमले जानकारी दिए ।

यस्तै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने तय भएको छ । ओली साढे ३ बजेसम्म सङ्खुवासभा बसेर काठमाडौँ फर्कने छन् ।

प्रधानमन्त्री ओली नेपाल–चीन सीमा किमाथांका क्षेत्रको भ्रमण गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासाभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथांका क्षेत्रको भ्रमण गर्ने भएका छन्। सो क्रममा प्रधानमन्त्री ओलीले किमाथांकामा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी)को निरीक्षण गर्ने भएका छन्। त्यसैगरी प्रधानमन्त्री ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...