durbar-times

लुटेरा पारामा सरकारमा पुग्न नपाएपछि प्रतिगमनको हल्ला चलाइयाे- प्रधानमन्त्री ओली


लुटेरा पारामा सरकारमा पुग्न नपाएपछि प्रतिगमनको हल्ला चलाइयाे- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिगमन नगरेको दाबी गरेका छन्। केही व्यक्तिको सत्तामा पुग्ने प्रयास विफल भएपछि प्रतिगमन भयो भन्दै हल्ला चलाएको उनले बताए ।

बुधवार विभिन्न आन्दोलनमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्ने कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री हुन संविधानमाथि कुनै असर नपरेको, जनताको अधिकार नखोसिएको र लोकतान्त्रिक मूल्य मान्यतामा कुनै असर नपरेको बताए ।

एकथरी मान्छे आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनिरहेका भन्दै उनले उनीहरुले प्रतिगमन नै नबुझेको व्यंग्य गरे । अहिले संविधान नखोसिएको भन्दै उनले लुटेरा पारामा सरकारमा पुग्न नपाएपछि प्रतिगमन भयो भनेका बताए ।

उनले दाहाल–नेपालले प्रणालीलाई ध्वस्त पार्न लागे पनि आफूले बचाएको उल्लेख गरे । उनले दाहालले अझै पनि जनतालाई धोका दिएको आरोप लगाए।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send