काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भारतीय सञ्चारमाध्ययममा दिएको अन्तर्वार्ताका विषयमा अहिले विभिन्न कोणबाट टिक्काटिप्पणी भइरहेको छ ।
यसैक्रममा मंगलवार बिहान ट्वीट गर्दै पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहप्रति लक्षित गर्दै त्यसको विरुद्ध आन्दोलन गर्लान् भन्दै टिप्पणी गरेको छन् ।
यस्तो छ उनको ट्वीट:
अब प्रम ओलीले हिन्दीमा बाेल्नु गलत भाे भनेर आन्दाेलन गर्ने हाेलान प्रचण्ड टाेलीले।अथवा डा•रावलले नयाँ थेसिस लेख्लान ओलीकाे लम्पसार राष्ट्रवाद वारे।जनता त प्रम ठिक छन भन्दै छन।
अब प्रम ओलीले दिन्दीमा बाेल्नु गलत भाे भनेर आन्दाेलन गर्ने हाेलान प्रचण्ड टाेलीले।अथवा डा•रावलले नयाँ थेसिस लेख्लान ओलीकाे लम्पसार राष्ट्रवाद वारे।जनता त प्रम ठिक छन भन्दै छन।
— Gokul Prasad Baskota (@GokulPBaskota) January 12, 2021