भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि शिक्षा कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन गराउने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने पनि उनले बताए ।
सीटीईभीटीको ३३ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ ।’
पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनैपनि हालतमा राजिनामा नदिने दोहोर्याए ।
उनले भने, राजीनामा दिने हामी कायर हो? कुनैपनि हालतमा राजीनामा आउदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताब फेस गर्नुहुन्छ ।'
संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताए । उनले भने, 'अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौै तर यो निर्णयले झन् विवाद बढाएको छ ।'