durbar-times

पंजाब किंग्सको शानदार जित, बैंगलोर तेस्रो स्थानमै रह्यो


पंजाब किंग्सको शानदार जित, बैंगलोर तेस्रो स्थानमै रह्यो

इण्डीयन प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति पन्जाव किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३४ रनले हराएको छ । अहमदावादमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको पन्जावले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

उसका लागि कप्तान के.एल राहुलले ९१ रन जोड्दा क्रिश गेलले ४६ रनको योगदान दिए । जवाफमा १ सय ८० रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनाउन सक्यो । बैंग्लोरका लागि विराट कोहलीले ३५ रन बनाए ।

बैंग्लोरलाई सस्तैमा समेट्न पन्जावका हरप्रित ब्रारले ३ विकेट लिए । हारसँगै बैंग्लोरले शिर्ष स्थानमा उक्लने अवसर खेल फालेको छ । ७ खेलबाट १० अंक जोडेको बैंग्लोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

समान खेलबाट १० अंक नैं जोडेको दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ भने शिर्ष स्थानको चेन्नाई सुपर किंग्सले ६ खेलबाट १० अंक जोडेको छ । आईपिएल क्रिकेटमा आज बेलुकी शिर्ष स्थानको चेन्नाईले चौथो स्थानको मुम्बई इण्डीयन्ससँग खेल्नेछ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send