http://bit.ly/bajajdurbartimes

‘जाऔँ है पोखरा अभियान’ शुरु


‘जाऔँ है पोखरा अभियान’ शुरु

सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ ।

कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्र्तगत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने जनाइएको छ ।

पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया हुनेछ । सङ्घले १८ वर्षदेखि सो अभियान शुरु गर्दै आएको छ । कोरोनाले सुस्ताएको  पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहेका  तुलाचनले बताए  ।

अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार  सहभागिता रहनेछन् । सङ्क्रमण जारी रहे पनि कोरोनासँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔँ है पोखरा कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।रासस

यो पनि पढ्नुहोस्:

भिजिट भिसा लिन अंग्रेजी जान्नै पर्ने

गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सम्पन्न गर्न पर्यटनमन्त्रीको निर्देशन


1

टोटेनहम र लिभरपुल भिड्दै

2

आर्मी लगातार चौथो पटक फाइनलमा

3

टी-टेनमा सोमपालको डेब्यु

4

सावित्राको ह्याटि्रकमा एपीएफ र मिथो रुथको दोहोरो ह्याटि्रकमा वालिङ विजयी

5

२४ घण्टामा २१३ जनामा कोरोना पुष्टि

6

प्रधानमन्त्री ओलीलाई ५ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश


Share Tweet Send