पोखरामा ट्राफिक बत्ती राखिने


पोखरामा ट्राफिक बत्ती राखिने

कास्की | बढ्दो ट्राफिक जाम र सवारी दुर्घटना न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्र महेन्द्रपुलमा ट्राफिक बत्ती (लाइट) राख्ने भएको छ ।
बत्ती राख्नका लागि बोलपत्र आह्वान भएर निर्माण कम्पनीसँग सम्झौता भइसकेकाले आगामी दुई महिनाभित्रमा लाइट सञ्चालनमा आउने महानगर प्रमुख मानबहादुर जिसीले बताए । हालका लागि महेन्द्रपुलबाट बत्ती राख्ने काम शुरु हुने र आगामी दिनमा शहरका मुख्य–मुख्य चोकमा राख्ने योजना रहेको महानगरले जनाएको छ ।

ट्राफिक नियम उलंघन गरे सवारी साधन मूल्यको ५०% सम्म जरिवाना लगाउन प्रहरीको प्रस्ताव
काठमाडौं | ट्राफिक नियम उलंघन गरेमा सवारी साधनको ५० प्रतिशतसम्म हुन आउने जरिवाना गर्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले आर्थिक जरिवाना बढाउन जरुरी रहेको बताए । लाइसेन्स वितरणमा लापरवाही भएको र अहिलेको नीति परिवर्तन गर्नुपर्ने माग गरे । एउटा इन्स्च्यि…

“पोखरालाई स्मार्ट सिटी बनाउने योजनाअनुसार नै महेन्द्रपुलबाट ट्राफिक लाइट राख्ने प्रक्रिया अघि बढाएका छौँ । यहाँ प्रभावकारी भएमा अन्य चोकहरुमा पनि विस्तार गर्छौँ”, प्रमुख जिसीले भने । ट्राफिक बत्ती राख्नका लागि बिफ्रेण्ड कन्स्ट्रक्शनसँग रु १९ लागतमा सम्झौता गरिएको बताइन्छ । पोखराको महेन्द्रपुलसहित पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, शहीदचोक, जिरोकमी, हल्लनचोक र बुद्धचोकमा बढी जाम हुने गर्दछ ।

पोखरामा यसअघि विसं २०५६ मा तत्कालीन पोखरा उपमहानगरपालिकाले पोखरा कर्मसियल अटो पार्किङसँगको समन्वयमा ट्राफिक लाइट राखे पनि नियमित मर्मतको अभावमाा चार÷पाँच वर्षपछि नै बिग्रिएका थिए । महानगरले पुनः डेढ दशकपछि ट्राफिक बत्ती राख्ने प्रक्रिया अघि बढाएको हो । ट्राफिक लाइट नहुँदा ट्राफिक आइल्याण्डमा बसेका प्रहरीले हातको इशारामा सवारी व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।

ट्राफिकले काटेको चिटको पैसा तिर्न बैंक जानु नपर्ने
काठमाडौं | ट्राफिक कार्यालयले कारवाहीका लागि काटेको चिट(बिल)को पैसा तिर्न बैंक जानु नपर्ने व्यवस्था लागू गर्न लागेको छ । अबको १ महिनामा मादक पदार्थ सेवन (मापसे) तथा अन्य कारवाहीमा परेका सवारी साधन चालकलाई बैंकसम्म पुगेर राजस्व बुझाउनु पर्ने झण्झटबाट मुक्त गर्न सो व्यवस्था लागू गर्न लागिएको महानगरी…

जसका लागि एउटै चोकमा दुईभन्दा बढी ट्राफिक प्रहरी परिचालित हुनुपर्ने बाध्यता रहेकामा बत्ती जडानपछि जनशक्ति कम लाग्ने तथा प्रहरीको काममा सहज हुने बताइन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखराको मुख्य बजार क्षेत्रमा मात्र दैनिक ६० को हाराहारीमा ट्राफिक प्रहरी यातायात व्यवस्थापनमा खटिने गरेको जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले ट्राफिक बत्ती जडानबाट शहरको सुन्दरतासँगै प्रहरीको काममा सहज हुने विश्वास व्यक्त गरे ।

बढी भाडा लिए/नलिएकोबारे अनुगमन गर्न सिभिलमा ३२ जना ट्राफिक प्रहरी खटिए
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा दशैँको तुलनामा तिहार केन्द्रीत चहलपहल बढेको छ । कोरोना भाइरसको सङ्क्रमणको डरले दशैँ आसपासमा बजारमा कम मानिस देखिए पनि अहिले चहलपहल बढेको हो । दशैँको तुलनामा अहिले भीडभाड बढेसँगै सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ । दशैँअघिदेखि नै सुरु भएको एकीकृत सु…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...