कैलालीमा जुवातास खेलिरहेका प्रहरी सहायक निरिक्षक (असई) पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा जुवातास खेलिरहेका प्रहरी सहायक निरिक्षक (असई)सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असई पुस्कर भट्टसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले बताए ।
जुवाखालबाट ३ लाख ३४ हजार नगद बरामद गरेको डिएसपी विष्टले बताए ।
प्रहरी सहायक निरीक्षक भट्ट सुदूरपश्चिमका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अंग रक्षक भएको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले भने पक्राउ परेका भट्ट आफ्नो अंग रक्षक नभएर प्रदेश प्रहरी कार्यालयमा कार्यरत कर्मचारी रहेको बताएका छन् ।