durbar-times

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च जाने तयारीमा


देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च जाने तयारीमा

राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध  विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा छ । शनिबार अपरान्ह नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच प्रारम्भिक छलफल भएको थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पक्षमा उभिएका बहुमत सांसदहरु अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन् । यसका लागि केहीबेरमा विपक्षी दलका नेताहरु सिंहदरबारमा भेला हुन लागेको काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

उनकाअनुसार आजै सम्भवत सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिइने छ । काँग्रेस नेता रमेश लेखकको संयोजनमा कानुनविद्हरु शनिबारदेखि नै आवश्यक कागजपत्र तयार पार्ने काम जारी छ ।

लेखकले भने, 'हामी हिजोदेखि आवश्यक कागजपत्र तयार गर्दै छाैँ । सकेसम्म आजै सर्वोच्च जान्छौं ।’ उपत्यका बाहिर रहेका सांसदलाई काठमाडौं आउन निर्देशन दिएको विपक्षी गठबन्धनले सांसदहरूलाई नागरिकता लिएर आउन समेत भनेको छ ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send