durbar-times

पोर्चुगलको पुनरागमन जित


पोर्चुगलको पुनरागमन जित

फिफा विश्वकप छनौटको समूह चरणको तेस्रो खेलमा पोर्चुगलले लक्जेम्वर्गलाई पराजित गरेको छ ।

लक्जेम्वर्गको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले पुनरागमन जित हात पारेको हो । खेलको २९ औं मिनेटमा जी रोड्रीगुएसले गोल गर्दै लक्जेम्वर्गलाई अग्रता दिलाएका थिए । अग्रता जोगाउन नसक्दा खेलको ४५ औं मिनेटमा जोटाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए भने खेलको ४९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगलले अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफको ७९ औं मिनेटमा जोयो पल्हिन्हाले पोर्चुगलको लागी तेस्रो गोल गर्दै जित आफ्नो पोल्टामा पारेको हो ।

जितसंगै पोर्चुगल ३ खेलमा २ खेल जित र एक खेल बराबरी खेल्दै ७ अंक सहित समुहको शीर्ष स्थानमा छ भने लक्जेम्वर्ग २ खेलमा १ खेल जित र १ खेल हार बेहोर्दै ३ अंक सहित समुहको तेस्रो स्थानमा छ ।

त्यस्तै हिजोनै भएको अरु खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोलले पराजित गरेको हो । यस्तै नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७–० गोलले पराजित गरेको छ । यस्तै गएराति भएकै अर्को खेलमा वेल्सले सिज रिपब्लिकलाई १–० गोलले पराजित गरेको छ ।

यस्तै सर्वियाले अजरबैजानलाई २–१ गोलले पराजित गरेको छ । साईप्रसले स्लोभिनियालाई १–० गोलले पराजित गरेको छ । टर्की र लाटभियाबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको छ । स्लोभाकियाले रसियालाई २–१ गोलले पराजित गरेको छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send