http://bit.ly/bajajdurbartimes

पुष १० गतेबाट सिनेमा हल संचालनमा आउने


पुष १० गतेबाट सिनेमा हल संचालनमा आउने

कोभिड १९ को संक्रमण रोकथामका लागि ९ महिनादेखि बन्द रहेको सिनेमा हल आउँदो पुष १० गतेबाट सञ्चालनमा आउने भएको छ । हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले फिल्म क्षेत्रको अस्तित्व स्वीकार नगरेको भन्दै पुष १० गतेबाट एकपक्षिय रुपमा सिनेमा हल खोल्ने घोषणा गरेको हो ।

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘आजसम्म सरकारले चलचित्र घर सञ्चालन गर्न तर्फ कुनै चासो नदिएकाले संघले बाध्य भएर मिति २०७७ साल पौष १० गते शुक्रवारदेखि सरकारको स्वास्थ्य सुरक्षा विधि तथा डब्लूएचओको सुरक्षा मापदण्ड अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने तथा सरकार समक्ष निम्न मागहरु राखी चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय भएको छ ।’

सिनेमा हल सञ्चालनसँगै विभिन्न माग राख्दै संघ आन्दोलन पनि गर्ने तयारीमा छ । चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने, सिनेमा हल घर सञ्चालन नभएको अवधिको विद्युत महशुल डिमाण्ड चार्ज पूर्ण रुपमा मिनाह हुनुपर्ने, मौद्रिक नीति चलचित्र क्षेत्रमा अनिवार्य रुपमा कार्यान्वयन हुनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने लगायतका माग चलचित्र संघले राखेको छ ।

सिनेमा हल खोल्न प्रधानमन्त्रीदेखि सरकारका विभिन्न व्यक्तिसँग विभिन्न चरणमा छलफल गरिएको भएपनि सरकारले यसतर्फ कुनै चासो नदिएका कारण बाध्य भएर एकपक्षिय रुपमा सिनेमा हल खोल्ने निर्णय गरेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले पत्रकार सम्मेलनमा बताए । उनी सरकारले पुष १० गतेभित्र सिनेमा हललाई सञ्चालनको अनुमति दिनेमा पनि विश्वस्त देखिए ।

विज्ञप्ती:

1

के हाे नागरिक स्टक डिलर ? कसरी गर्छ काम ? शेयर बजारलाइ कसरी स्थिर बनाउँछ ?

2

विप्लवकाे बन्द, कहाँ के भयाे ?

3

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

4

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

5

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

6

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै


Share Tweet Send