http://bit.ly/bajajdurbartimes

पौष १० गतेबाट हल सञ्चालन गर्ने घोषणा, चल्दै छन् इ फिल्महरु ..


पौष १० गतेबाट हल सञ्चालन गर्ने घोषणा, चल्दै छन् इ फिल्महरु ..

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि भन्दै देशव्यापी लकडाउन गरिएको लामो समयपछि देशका सबै खाले क्षेत्र बिस्तारै खुले । तर, चलचित्र क्षेत्र भने अझैं सुचारु हुन सकेको छैन् । सिनेमा घरहरु खोल्न सरकारको अनुमति नपाएपछि हल व्यवसायी आफैँ सिनेमा हल खोल्न तम्सिएका छन् । सिनेमा व्यवसायीहरुको छाता संगठन चलचित्र संघले यही पौष १० गतेबाट हल सञ्चालन गर्ने घोषणा गरेको छ।

चलचित्रकर्मीहरु हल सञ्चालन गर्ने तयारीमा जुटेका छन् । तर, यो मितिमा कुन चलचित्र चल्छ भन्ने आम मानिसहरुको चासोको विषय बनेको छ ।  कोरोनाको त्रासका कारण सिनेमा हल बन्द गर्दा चलिरहेका फिल्मबाटै फेरि सिनेमा घर सञ्चालन गर्ने तयारी भएको छ।

चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ पौष १० गते हलमा लगाउने तयारी गरिरहेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले जानकारी दिए । यी दुई चलचित्र हलमा रिलिज भइरहेको रहेका बेला कोरोना संक्रमणको जोखिम भएको भन्दै हल बन्द गरिएको थियो।

हाल सञ्चालनमा आएका केही समय पुराना चलचित्र पनि प्रदर्शन गर्ने योजना रहेको चलचित्र संघले जनाएको छ ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send