Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

पीएम कप आज दुई खेलहरु हुँदै


पीएम कप आज दुई खेलहरु हुँदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (सोमबार) दुई खेलहरु हुँदैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

आर्मी र एपीएफ दुबै समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

समूह 'ए' मा रहेका दुबै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । सेमिफाइनलमा प्रवेश गरिसकेका दुबै टोलि आजको खेलमा जित हात पर्न सके समुहको बिजेता र उपविजेता टुंगो लाग्ने छ।

एपीएफ ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आर्मी ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस समूहबाट कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ बाहिरिसकेका छन्।

मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश-२ सँग प्रतिस्पर्धा गर्नेछ ।

यस खेल नेपाल पुलिसका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाल पुलिस क्लब प्रदेश-२ लाई हराएर सेमिफाइनल पुग्न चाहन्छ ।

अब पुलिस र लुम्बिनी प्रदेश मध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ । यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ ।

सेमिफाइनलमा पुग्न पुलिसलाई प्रदेश-२ माथि जित निकाल्नु पर्नेछ ।

1

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

2

महिला लघुवित्तको आईपीओ हेर्न मिल्ने ३ वटै सर्भरमा समस्या,समस्या हुनुको कारण यस्तो

3

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र दिइसक्ने योजना

4

पर्यटकको आकर्षण बन्दै छहरा झरना

5

संसद पुनर्स्थापनापछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै,संसद आह्वानको सिफारिस गर्ने सम्भावना

6

पार्टीको आधिकारिक धारणा नेताहरुबाट बुझौँ, मिडियाबाट होइन: नारायणकाजी श्रेष्ठ


Share Tweet Send