प्राइम कमर्सियल बैंकले १५% बोनस सेयर वितरण गर्ने भएको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५% बोनस सेयर दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले बोनस हात पार्नेछन् ।
हाल यसको चुक्ता पुँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०० रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १६ अर्ब ८ करोड ३० लाख ३६ हजार ९२५ रुपैयाँ पुग्नेछ । प्राइम बैंकले गत वर्ष १६% बोनस सेयर दिएको थियो ।
