प्रभासको फिल्म ‘आदिपुरुष’मा अजयको इन्ट्रीले बजार ततायो


प्रभासको फिल्म ‘आदिपुरुष’मा अजयको इन्ट्रीले बजार ततायो

सुपरस्टार प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ फेरी चर्चा पाएको छ । यस फिल्ममा भारतीय सुपरस्टार अजय देवगन पनि रहेको खबरले अहिले बजारमा चर्चा पाएको हो ।

ओम राउतले निर्देशन गर्ने यस फिल्ममा सैफ अलि खानले पनि लंकेशको भुमिका निभाउने समाचार आएको थियो ।

बजारमा आएको खबर अनुसार अजय देवगनले भगवान शिवको भुमिका निभाउनेछन् । यो भन्दा पहिला अजय र सैफले ओम राउतको फिल्म ‘तान्हाजीः द अनसँग वारियर’ मा काम गरेका थिए । आधिकारीक रुपमा जानकारी भने आएको छैन् तर आदिपुरुषमा अजयलाई लिएर भने फ्यानहरु उत्साहित भएका छन् ।

यस फिल्ममा प्रभास भगवान रामको रोलमा देखिनेछन् । २०२१ मा फिल्मको सुर्टिङ हुनेछ । यो फिल्म हिन्दीको साथै अन्य धेरै भाषामा पनि रिलीज गरिने भएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...