Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

प्रभु इन्स्याेरेन्सकाे आइपीओ कहिले हुन्छ बाँडफाँट ?


प्रभु इन्स्याेरेन्सकाे आइपीओ कहिले हुन्छ बाँडफाँट ?

प्रभु लाइफको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबारसम्म आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी, अझै धेरै काम बाँकी रहेको र धितोपत्र बोर्डमा रिपोर्ट पनि नपठाएकाले कुन दिन बाँडफाँट गर्ने अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ ।

यता, प्रभुको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ५.४२ गुणा बढी हो ।

प्रभुको आइपीओमा कुल आवेदकको संख्या १० लाख ८२ हजार १४३ जना रहेको बिक्री प्रबन्धकले जनाएको छ । यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ५४ लाख कित्तालाई आधार मान्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । ५ लाख ४२ हजार १४३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

प्रभु लाइफले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी रहेको ५४ लाख कित्तामा मात्र सर्वसाधारणको लागि खुला गरिएको हो । प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ ।

1

मेराे शेयरकाे पासवर्ड बिर्सिनुभयाे ? यसरी गर्नुस रिसेट

2

विप्लव र नेपाल सरकारबीच छुटेकाे चाैथाे बुँदा

3

विप्लवकाे सम्बाेधनकाे पूर्ण पाठ

4

पिके घाइते, पीएसजीविरुद्धको खेल गुमाउन सक्ने

5

पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टी

6

प्रचण्ड संसदीय दलको नेता चयन


Share Tweet Send