काठमाडौं | प्रभु बैंकको वार्षिक साधारण सभा आज पुस २६ गते आइतबार बसेको छ ।
१९औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा बिहान ११ बजेबाट सुरु भएको हो । बैंकले १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२% नगद लाभांश गरी कुल १०.५२% लाभांश दिन लागेको हो ।
साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषमा पनि छलफल हुनेछ ।
बैंकले साधारण सभा प्रयोजनका लागि पुस १० देखि २६ गतेसम्म बुक क्लोज गरेको छ । पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।