प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका नेता प्रभु साहले माधव नेपाललाई अध्यक्ष बनाइएकोमा आफ्नो असहमति कायम राख्दै दुई अध्यक्ष प्रणालीलाई अश्वीकार गर्ने बताएका छन् ।
नेकपा केन्द्रीय सदस्य साहले बिहीबार प्रेस विज्ञप्ति जारी गरी दुई अध्यक्ष प्रणालीले पार्टी र सिंगो व्यवस्था नै अस्तव्यस्त बनाएको भन्दै प्रचण्ड नेतृत्वको समूहले विगतको त्यही गल्तीलाई दोहोर्याएको आरोप लगाएका छन् ।
साहले विज्ञप्तिमा भनेका छन्, ‘असफल सिद्ध भइसकेको दुई अध्यक्षीय प्रणाली जस्तो गम्भीर विषयमा छलफल नै नगरी भएको गलत निर्णयप्रति औपचारिक एवं अनौपचारिक रुपमा पटक–पटक सुझाब एवं विमति जाहेर गर्दागर्दै पनि निषेध एवं निरंकुशताको शैलीमा अगाडि बढेकोप्रति मेरो गम्भीर असहमति एवं आपत्ति छ ।’
उनले देश र जनतालाई घात गर्ने दुई अध्यक्षीय प्रणली अश्वीकार गर्न सबैमा अनुरोध समेत गरेका छन् ।