http://bit.ly/bajajdurbartimes

प्रचण्ड शान्ति प्रक्रिया पश्चात कुर्शीमै सबै क्रान्ति देख्ने महारोगले ग्रसित भएको नेता: प्रभु साह


प्रचण्ड शान्ति प्रक्रिया पश्चात कुर्शीमै सबै क्रान्ति देख्ने महारोगले ग्रसित भएको नेता: प्रभु साह

काठमाण्डौं | नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले प्रचण्ड र माधव नेपाल देशलाई बर्बाद गर्न उद्धत रहेकोले आफुले केपी शर्मा ओलीलाई साथ दिएको बताएका छन् ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले एक वक्तव्य जारी गर्दै मुलुकमा प्राप्त उपलब्धिहरुको रक्षा गर्न र स्थायित्वका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको संस्थापन पक्षलाई साथ दिन आह्वान गरेका हुन् । विगतमा आन्दोलन र युद्धका लागि पार्टी बनाउने र फोड्ने काम गरेको प्रचण्ड शान्ति प्रक्रिया पश्चात कुर्शीमै सबै क्रान्ति देख्ने महारोगले ग्रसित भएको नेता साहको ठहर छ ।

प्रचण्डको सत्ता लोभको परिणामस्वरुप आज कम्युनिष्ट आन्दोलन धारासाही भएको तथा सिङ्गो मुलुक नै अस्तव्यवस्त एवम् अन्योलग्रस्त स्थितिमा पुगेको उनको वक्तव्यमा उल्लेख छ ।

ज्ञानेन्द्रको निरंकुशता विरुद्ध लड्नुको सट्टा राजालाई दाम चढाएको, दुई क्षेत्रबाट हारेर प्रधानमन्त्री भएको, महाधिवेशनबाट पराजित भएर अध्यक्ष बन्न नसकेको पदको लोभी माधव नेपाललाई अध्यक्ष बनाइनु देशको जनादेश विपरीत भएको र समग्र कम्यूनिष्ट आन्दोलनलाई लज्जित भएको वक्तव्यमा भनिएको छ ।

‘मार्क्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत नेकपामा निर्माण भएको दुई अध्यक्षीय प्रणाली व्यवहारतस् समेत असफल भैसकेको स्थितिमा केवल आफ्नो पद र कुरीति मोहको लागि पार्टीभित्र निरन्तर जालझेल, धोकाधडी एवम् अराजकता मचाउदै पछिल्लो समय प्रचण्ड-नेपाल समुहले पुनस् एक पद दुई व्यक्तिको अव्यवहारिक, अवस्तुवादी एवम् अवैज्ञानिक सिद्धान्तमार्फत केही असक्षम, अवसरवादी र असफल प्रमाणित भैसकेको नेताहरुको झुण्डको सहाराले देशमा स्थिरता, सुशासन र विकासको परिकल्पना गर्नु गोरुले दुध दिन्छ भन्ने कुरामाथि विश्वास गर्नु बराबर हो ।’ नेता साहको वक्तव्यमा भनिएको छ ।

उनले भने, 'पदमा हुँदा सिङ्गो पार्टीलाई हराएर राजिनामा दिन पुगेको माधव नेपाल आफैले छानेको २/२ ओटा क्षेत्रबाट पराजित भएर पनि प्रधानमन्त्री र पार्टी महाधिवेशनबाट पराजित भएर पनि अध्यक्ष बन्ने अनैतिक लालसा देशको जनादेश एवम् पार्टीको पङ्क्तिको विपरित तथा सिङ्गो कम्युनिष्ट आन्दोलनको लागि लज्जाको विषय हो ।’

उनले २ नम्बर प्रदेशलगायत देशभरका सम्पूर्ण न्यायप्रेमी पक्षधर, नेता/कार्यकर्ता, शुभेच्छुक एवम् शुभचिन्तकहरुमा यस आन्दोलनमा गोलबन्द भई क। केपी शर्मा ओली नेतृत्वको सरकारको जनपक्षिय कामकारवाहीहरुलाई सफलतापूर्वक कार्यान्वयन गर्न सहयोग गर्न सम्पूर्ण देशवासीमा हार्दिक अनुरोध समेत गरे ।

1

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

2

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

3

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

4

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

5

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

6

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा


Share Tweet Send