http://bit.ly/bajajdurbartimes

कारोबार सुरु भएको १ हप्तापछि प्रभु लाइफको शेयर मुल्य सकरात्मक सर्किट


कारोबार सुरु भएको १ हप्तापछि प्रभु लाइफको शेयर मुल्य सकरात्मक सर्किट

काठमाण्डौ | नियमित शेयर कारोबार सुरु भएको १ हप्ता पछि प्रभु लाईफको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । आइतबार (आज) उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको हो ।

गत आइतबार प्रतिकित्ता १३७ रुपैयाँबाट उक्त कम्पनीको नियमित शेयर कारोबार सुरु भएको थियो । अधिकांश कम्पनीको नियमित शेयर कारोबार सुरु हुदाँ २,३ दिन नै सकरात्मक सर्किट लाछ । तर, यसको कम्पनीको ठ्याक्कै सकरात्मक सर्किट भने लागेको थिएन । तर, आज भने उक्त कम्पनीको शेयर मुल्य सकरात्मक नै लागेको छ  ।

गत हप्ता उक्त कम्पनीको शेयर मुल्य १९० रुपैयाँ थियो । आज भने त्यो १९ अंकले बढेर २०९ रुपैयाँ पुगेको छ । आज १९३ अंकबाट उक्त कम्पनीको शेयर कारोबार सुरु भएको थियो ।
नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनी शेयर खरिदकर्ताको चाप उच्च छ । तर, बिक्रीकर्ता भने कोही आएका छैनन् ।

आज उक्त कम्पनीको १२० कित्ता शेयर खरिदबिक्री भएको छ । रकमका आधारमा २४ हजार ४७६ रुपैयाँको शेयर कारोबार भएको नेप्सेको फ्लोर सिटमा देख्न सकिन्छ ।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send