प्रविधीसँग चल्दै किसान


प्रविधीसँग चल्दै किसान

टिकापुर | विगतका वर्षमा मजदुर खोजेर  धान काट्न लगाइन्त्थ्यो तर यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन । जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन् । पाकेर पहेँलै भएको धान काट्न मेसिन भित्रिएपछि किसानलाई छिटो र सजिलो भएको छ ।

सबै किसानलाई अहिले धान काट्ने चटारो छ । धान पाकेर सुन जस्तै पहँेलिएको खेतलाई किसानले विभिन्न मेसिनको सहयोगमा काट्न थालेका छन् । विगतका वर्षमा हप्ता दिनसम्म हातले थोरैथोरै धान काट्ने गरेका किसान अहिले एकै दिनमा मेसिनको प्रयोगले धेरै धान काट्न थालेँ । आजभोलि धान काट्ने मेसिन रिपरको सहायताले धान काटिरहेका छन् । धान खेती गर्ने किसानलाई मेशिन भित्रिएपछि सजिलो भएको छ ।

विगतमा परिवारको सङ्ख्या बढी  हुनेले  धेरै काम गर्न सकिन्छ भन्ने थियो । हुन पनि परिवारमा धेरै सङ्ख्या भएकाले खेतीपाती बढी गर्थे । अहिले जमाना फेरिएको छ । एक सातामा सम्पन्न गरिने काम आजभोलि एक दिनमै सकिन थालेको छ । रिपरको सहायतामा धान काट्दा एक घण्टामा एक बिघा धान काट्न सकिन्छ ।

धेरै खेतीपाती गरेका किसानलाई धान काट्नका लागि धेरै जनशक्ति चाहिने गरेको अवस्थामा रिपरले अहिले धेरै सहज बनाएको छ । रिपरको सहयोगमा धान काट्दा श्रमशक्ति खोज्ने झन्झट कम हुन्छ । धान काट्न लागत समेत कम लाग्ने भएकाले धान कटाइमा रिपरको सहायताले धेरै सहज भएको छ । अब खेती गर्न चाहनेलाई सजिलो भएको छ । खेत जोत्न, काट्न सबै काम गर्न मेसिनको सहयोगले सकिन्छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...