durbar-times

एमसिसीबारे नारा नलगाउनुस् भनेको हो,म त्यसको पक्षमा छु भनेको होइन: प्रचण्ड


एमसिसीबारे नारा नलगाउनुस् भनेको हो,म त्यसको पक्षमा छु भनेको होइन: प्रचण्ड

काठमाडौं | नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अमेरिकी सहयोग परियोजना एमसिसीबारे अन्तिम निर्णयमा नपुगेको बताएका छन्।

शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले हिजो आमहड्तालका क्रममा आफूले एमसिसीविरोधी  नारा नलगाउन भनेको बताए।

सम्बन्धित भिडियो

उनले संवैधानिक परिषद्मा भएको ज्यादतीपूर्ण नियुक्ति विरुद्धको भएको हडतालमा १० थरीका नारा लगाउनुभन्दा नारा जे आन्दोलनको आजको ठोस कार्यक्रम हो त्यहि केन्द्रीत गरौं भनेको प्रस्ट्याए।

‘नारा त थुप्रै लगाउन सकिन्छ। एकातिर एमसीसीको बारेमा औपचारिक पार्टीले निर्णय गरिसकेको छैन, त्यो अवस्थामा, अर्कोतिर आन्दोलन एउटा विषयमा केन्द्रीत गरेर त्यसमा प्रतिवाद गर्नका लागि बोलाइएको छ, १० वटा ५० वटा नारा लगाउन थालियो भने झन् त्यसले चाहिँ हाम्रो जुन प्रहारको निसाना हो त्यो कमजोर हुन्छ भन्ने अर्थमा मात्रै मैले।’ उनले भने, ‘बीचमा फ्याट्ट एउटा लगाइदिनुभो, न विषय छ, न प्रसंग। अब संघर्ष समितिले बनाएका नारा एकातिर छन्, बीचमा प्याच्च हालिदिएको छ। मलाई चाहिँ के भयो भने छ्याट्ट दिमागमा को घुस्यो भनेजस्तो पर्‍यो के मलाई।’

‘भनेको नारा लगाउनुपर्छ, हाम्रै साथीहरु हुन ती त । त्यस्तो ठानेर मैले कथाकथित उक्त नारा नगर्नुस् भनेर भनेको मात्रै हो’प्रचण्डले थपे ‘त्यसको अर्थ एमसीसीको पक्षमा गएँ, मैले नीति बदले भन्ने होइन।’उनले एमसीसीलाई लिएर पार्टी भित्र गम्भीर रुपमा विषयलाई छलफल गरिरहेको बताए।

'अहिले हामी गुण्डागर्दी शैलीमा भएको नियुक्तिको विरोधमा हो, यो बेला पचासथरी नारा नलगाउनुस् भनेको हो।

अमेरिकी राजदूत भेटेको प्रसंग उल्लेख गर्दै प्रचण्डले एमसीसी रिजेक्ट नगरेको भएपनि परिमार्जन गर्नु जरुरी भएकाले यतिकै हुन्छ भन्ने पक्षमा आफू नभएको धारणा राखे।

हड्ताल गराएर प्रचण्ड भने जब सौखसँग गाडीमा गए
संवैधानिक आयोगमा नियुक्ति गरेको बिरोधमा आमहड्ताल घोषणा गरेपछि ठप्प काठमाडौं बिच प्रचण्ड भने बा १७ च ३०७१ नम्बरको प्राडो चढेर अनुगमनमा निस्केका थिए। अचानक ‘एमसीसी चाहिदैन’ भन्ने नारा लगाएपछि प्रचण्डले आफ्नो आवाज रोके र नारा लगाउनेलाई सो नारा नलगाउन ईशारा गरे । तर, पनि नारा लागिरहयो, त्यसपछि अध्यक्ष …
1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send