https://ntc.net.np/

प्रचण्ड र माधव नेपाल माइतीघरमा धर्नामा


प्रचण्ड र माधव नेपाल माइतीघरमा धर्नामा

प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्नामा आज (आइतबार) नेकपाका शीर्ष नेताहरु पनि सहभागी भएका छन्। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पनि धर्ना बसेका छन्।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले उक्त कदम संविधान विपरीत रहेको भन्दै सडक संघर्षमा उत्रिएको छ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेजीको माग गर्दै प्रचण्ड–नेपाल समूहका संघीय एवं प्रदेश सांसद् तथा तत्कालीन संविधान सभाका सदस्य ४ दिनदेखि माइतीघरमा धर्नामा छन्।

अध्यक्षद्वय प्रचण्ड–नेपाल उपत्यका बाहिरको कार्यक्रममा वयस्त भएका कारण यसअघि उक्त धर्नामा सहभागी भएका थिएनन्।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको कदमविरुद्ध माघ २८ गते काठमाडौंमा ‘अहिलेसम्मकै ठूलो’ विरोध सभा गर्ने तयारी गरेको छ।

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send