Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

जनयुद्धमा गरिबका छोराछोरी जंगलमा राखी प्रचण्ड जेलले जुल्फी कोर्दै दिल्लीमा थिए:प्रधानमन्त्री


जनयुद्धमा गरिबका छोराछोरी जंगलमा राखी प्रचण्ड जेलले जुल्फी कोर्दै दिल्लीमा थिए:प्रधानमन्त्री

काठमाण्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल 'प्रचण्ड' जंगल नबसेको दाबी गरेका छन्।

बिहीबार नेपाल ट्रेड युनियन महासंघको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले कार्यकर्ता जंगलमा राखे पनि प्रचण्ड दिल्ली बसेको बताएका हुन्।

प्रचण्ड जी हिजो कहाँ बस्नु भएको हो र? जंगलमा त न हिजो बस्नु भएको थियो न आज नै बसेको हो', ओलीले अगाडि भने, 'उहाँ त दिल्ली, नोयडा  र लखनउमा लुकेर बसेको हो नि! कार्यकर्ता र लडाकु मात्रै जंगलमा बस्नु भएको हो।'

प्रचण्डलाई चटकेको संज्ञा दिँदै ओलीले श्रमिक मजदुरलाई पनि आफ्नो स्वार्थका लागि विभाजित गरेको आरोप पनि लगाएका छन्। ओलीले जनयुद्धका समयमा गरिबका छोराछोरी मात्रै जंगलमा बसेको जिकिर गरे।

‘उहाँ जंगल बसेको होइन। त्यसबेला दिल्ली हुनुहुन्थ्यो हामीलाई थाहा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्ता जंगल बसाउनुभयो। जेलवाला तेलले जुल्फी कोरेर उहाँ दिल्ली बस्नुहुन्थ्यो।’


1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send