Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने ओली समूहको निर्णय


प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने ओली समूहको निर्णय

काठमाण्डौ | ओली समूहको नेकपाले विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कारबाही गरेको छ।

बिहिबार वालुवाटारमा बसेको बैठकले प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाएको अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए।

विधान, पदीय जिम्मेवारी प्रतिकूल काम गरेको भन्दै उनलाई केन्द्रीय कमिटी बैठकले कारबाही गरेको हो । बैठकले प्रचण्ड कार्यकारी अध्यक्ष नभएको र केपी ओलीको मात्र हस्ताक्षर चल्ने गरि निर्णय गरेको छ ।

यसअघि ओली नेतृत्वको नेकपाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर उनको स्थानमा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिनेबाहेक कसैलाई पनि निष्कासन गरेको छैन तर प्रचण्ड-नेपाल समूहले भने ओलीलाई अध्यक्षको जिम्मेवारीबाट बर्खास्त गर्दै सो स्थानमा नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको छ।

प्रचण्ड-नेपाल समूहमा लागेका भनिएका केन्द्रीय कमिटीका सदस्यको नाम समावेश गरी ओलीले निर्वाचन आयोगमा विवरण बुझाएका छन् भने प्रचण्ड-नेपाल समूहले ओली पक्षका केन्द्रीय सदस्यको नाम काटेर निर्वाचन आयोगमा २८७ जनाको मात्रै नाम पेश गरेको छ।

1

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

2

महिला लघुवित्तको आईपीओ हेर्न मिल्ने ३ वटै सर्भरमा समस्या,समस्या हुनुको कारण यस्तो

3

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र दिइसक्ने योजना

4

पर्यटकको आकर्षण बन्दै छहरा झरना

5

संसद पुनर्स्थापनापछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै,संसद आह्वानको सिफारिस गर्ने सम्भावना

6

पार्टीको आधिकारिक धारणा नेताहरुबाट बुझौँ, मिडियाबाट होइन: नारायणकाजी श्रेष्ठ


Share Tweet Send