http://bit.ly/bajajdurbartimes

प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा(कार्यक्रमहरुसहित)


प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा(कार्यक्रमहरुसहित)

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा आन्दोलित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय नेकपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

घोषित आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता श्रेष्ठले देशव्यापी आन्दोलन गरिने बताए ।

आन्दोलनका कार्यक्रम पुस २० गतेदेखि माघ २३ गतेसम्मका कार्यक्रम रहेका छन् । आन्दोलन अन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तर्क्रिया, छलफल, विरोध प्रदर्शन लगायत रहेका छन् ।

असवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै २४ पुसमा ७७ जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिइनेछ ।

आगामी माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रमा मोटरसाइकल र्‍याली गर्ने कार्यक्रम रहेको छ । संसद पुनःस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल नेकपाले पहिलो चरणको आन्दोलन गरिसकेको छ ।

संसद विघटन गर्दै सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।

1

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

2

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

3

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

4

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

5

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

6

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा


Share Tweet Send