काठमाडौं । प्रचण्ड-नेपाल पक्षको नेकपाका केन्द्रीय सदस्यहरुलाई प्रहरीले आयोगभित्र जान अवरोध गरेको छ ।
अध्यक्ष प्रचण्डसहित सयौँ नेता कार्यकर्ता निर्वाचन आयोगमा पुगेपनि उनीहरुलाई आयोगको गेटबाहिरै रोकिएको हो
तर केन्द्रीय सदस्यहरुले आयोगले दस्तखत गर्न बोलाएकाले आफूहरु आएको बताएपनि प्रहरीले जान दिएको छैन । अध्यक्ष प्रचण्ड र नेपालसहितका केही नेतामात्रै आयोगको कार्यालयमा छिरेका छन् ।